फेरिए भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

फेरिए भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट


२१ कार्तिक २०८०, मंगलबार


काठमाडौँ। भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट फेरिएका छन् । हाल कार्यरत डा. कृष्णप्रसाद पौडेललाई परिवर्तन गरी स्वास्थ्यमन्त्री मोहन बस्नेतले श्रीराम तिवारीलाई जिम्मेवारी दिएका हुन् ।

संघअन्तर्गत पर्ने यस अस्पतालमा बस्नेतले मन्त्रीस्तरीय निर्णयबाट डा. तिवारीलाई जिम्मेवारी दिएका हुन ।

हाल कार्यरत मेसु डा. पौडेल १०औँ तहका चिकित्सक हुन् । उनलाई २०७८ साल भदौ १५ गतेको मन्त्रीस्तरीय निर्णयबाट मेसुको जिम्मेवारी दिइएको थियो ।

हाल डा. तिवारी वीर अस्पतालमा कार्यरत तिवारी ११औँ तहका चिकित्सक हुन् । उनी यसअघि पनि भरतपुर अस्पतालका मेसु भइसकेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस