हेडक्वार्टर तानिए धनुषाका एसपी खड्का « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

हेडक्वार्टर तानिए धनुषाका एसपी खड्का


२१ कार्तिक २०८०, मंगलबार


काठमाडौँ । धनुषाका एसपी विश्वराज खड्कालाई प्रहरी प्रधान कार्यालय नक्साल तानिएको छ।

गृह मन्त्रालयको निर्देशनपछि प्रहरी प्रधान कार्यालय नक्सालले एसपी खड्कालाई हेडक्वार्टर तानेको बताइएको छ ।

जेठ ३० गते आरती साहका परिवारले दिएको बयानमा हेरफेर भएको भन्दै हस्ताक्षर गर्न नमानेपछि झडप भएको थियो। झडपका क्रममा आरती साहकी बहिनी मनीषा, भाइ प्रेम, बुबा विनोदप्रसादमाथि कुटपिट गरेको आरोप एसपी खड्कामाथि छ।

सोही प्रकरणमा उनलाई प्रहरी प्रहरी प्रधान कार्यालय तानिएको बुझिएको छ । तर प्रहरी प्रहरी प्रधान कार्यालयका प्रवक्ता एवं प्रहरी नायव महानिरीक्षक कुवेर कडायतले भने उनको काज सरुवा गरिएको बताएका छन् ।

आरती साहको माइतीपक्ष मुद्दा कमजोर बनाउन प्रहरीले भूमिका खेलेको भन्दै असार १ गतेदेखि माइतीघर मण्डलमा अनसन बसेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस