भूकम्प प्रभावितका लागि राहत पठाउँदै काठमाडौँ महानगर, ईन्जिनियरिङ तथा प्राविधिक सहयोग गर्न तयार « प्रशासन
Logo २९ बैशाख २०८१, शनिबार
   

भूकम्प प्रभावितका लागि राहत पठाउँदै काठमाडौँ महानगर, ईन्जिनियरिङ तथा प्राविधिक सहयोग गर्न तयार


२० कार्तिक २०८०, सोमबार


काठमाडौँ । जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितहरुका लागि काठमाडौँ महानगरपालिकाले राहत सामग्री पठाउने भएको छ ।

भूकम्प प्रभावितका लागि पठाउने राहत सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुर्याइएको महानगरपालिकाका प्रमुख बालेन शाहले फेसबुकमा पोस्ट गरेका छन् ।
प्रभावित क्षेत्रमा थप ईन्जिनियरिङ तथा प्राविधिक सहयोग चाहिएमा महानगरपालिकाले सहयोग गर्ने भएको छ । यसका लागि काठमाडौँ महानगरपलिकालाई सम्बन्धित निकायले सम्पर्क गर्नु हुन अनुरोध गरिएको छ ।
जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितहरुका लागि देशविदेशबाट सहयोग स्वरुप राहत पठाउने क्रम जारी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस