कर्मचारीहरूले स्तर अनुसार भूकम्प पीडितलाई सहयोग गर्ने « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

कर्मचारीहरूले स्तर अनुसार भूकम्प पीडितलाई सहयोग गर्ने


१९ कार्तिक २०८०, आइतबार


काठमाडौँ । भरतपुर महानगरपालिकाले जाजरकोट भूकम्प प्रभावितका लागि एक करोड रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।

आज आइतबार बसेको ८७ औँ कार्यपालिका बैठकले एक करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको महानगरपालिकाले जनाएको छ । भूकम्प प्रभावित क्षेत्रमा खोज, उद्धार, राहत, उपचार, पुनः स्थापना, पुनः निर्माण लगायतका काममा सहयोग पुर्‍याउन महानगरले प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा एक करोड रुपैयाँ जम्मा गर्ने निर्णय गरेको हो।

भूकम्प प्रभावितका लागि जम्मा हुने सहयोग जनप्रतिनिधिको एक महिनाको तलब, अधिकृत स्तरका कर्मचारीको पाँच दिनको तलब, सहायक स्तरसम्मका कर्मचारीको तीन दिनको तलब, मावि शिक्षकको तीन दिनको तलब, आधारभूत तहका शिक्षकको दुई दिनको तलब र महानगरपालिकाको विपद् व्यवस्थापन कोषबाट हुने गरी मिलाइएको छ ।

मेयर रेनु दाहालले भूकम्प प्रभावितलाई नगद, जिन्सी तथा खाद्यान्न सहयोगका लागि भरतपुरवासीलाई आह्वान गरेकी छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस