प्रमुख प्रशासकीय अधिकृतसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

प्रमुख प्रशासकीय अधिकृतसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा


१६ कार्तिक २०८०, बिहिबार


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख प्रशासकीय अधिकृतसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

राजस्व चुहावट गरी भ्रष्टाचार गरेको आरोपमा चन्द्रपुर नगरपालिका रौतहटका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सिग्देल र लेखा अधिकृत-राजस्व शाखा प्रमुख किर्तिराज सुवेदीसहित तीन जनाविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको हो ।

नगरपालिकासमेतले आशिक कन्स्ट्रक्सनसँगको मिलेमतोमा चाँदी खोलाको पूर्वाधार उपयोग कर सङ्कलनको लागि लगाएको ठेक्कामा अनियमितता गरी राजस्व छली गरेको अख्तियारको ठहर छ ।

पूर्वाधार उपयोग कर चाँदी खोलामा आशिक कन्स्ट्रकसन रौतहटसँग सम्झौता गर्दा तोकिएको नगद तथा बैंक जमानत पेश नगरी/नलिई मूल्य अभिवृद्धि करसमेत दाखिला नगरी/नगराई अट्ठाइस लाख पच्चीस हजार पाँच रुपैयाँ पैसठ्ठी पैसा बराबरको घटी राजस्व रकम असुल गरी राजस्व चुहावट गरी भ्रष्टाचारजन्य कसुर गरेको अख्तियारको दाबी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस