२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आयुर्वेदबारे सूचना प्रकाशित गर्नु पूर्व अनिवार्य सम्बन्धित निकायको राय लिनु: आयुर्वेद चिकित्सक सङ्घ

अ+ अ-

काठमाडौँ । नेपाल आयुर्वेद चिकित्सक सङ्घले आयुर्वेद औषधिको गुणस्तरीयता एवं लिडलगायत खनिज द्रव्यको विषाक्तता सम्बन्धमा नकारात्मक सन्देश प्रवाह भएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

सङ्घले विज्ञप्ति जारी गर्दै आधिकारिक निकायबाट आयुर्वेद औषधि एवं उपचार पद्धतिसम्बन्धी कुनै पनि विज्ञप्ति अथवा सूचना प्रकाशित गर्नुपूर्व अनिवार्य रूपमा सम्बन्धित निकाय, सङ्घ, संस्था, आयुर्वेद विज्ञको राय लिन समेत सचेत गराएको छ । सङ्घका महासचिव डा. कोपिला अधिकारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘पर्यावरण प्रदूषणका कारण कतिपय आयुर्वेद औषधिमा घटक द्रव्य नै नभएका लिडलगायत तत्त्वहरू बेला बखत भेटिएको हुँदा सम्बन्धित निकायले नियमित अनुगमन, अनुसन्धान र गुणस्तर नियन्त्रण गरोस् भन्ने नेपाल आयुर्वेद चिकित्सक सङ्घ जोडदार माग गर्दछ । आधिकारिक निकायबाट आयुर्वेद औषधि एवम् उपचार पद्धतिसम्बन्धी कुनै पनि विज्ञप्ति अथवा सूचना प्रकाशित गर्नु पूर्व अनिवार्य रूपमा सम्बन्धित निकाय, सङ्घ, संस्था, आयुर्वेद विज्ञको राय लिनु हुन समेत सचेत गराइन्छ ।’

यसअघि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विज्ञप्ति निकालेर केही आयुर्वेदिक औषधि सेवन गर्ने बिरामीहरूको रगतमा सिसाको मात्रा अत्याधिक पाइएको जनाएको थियो । मन्त्रालयले आयुर्वेदिक औषधि सेवन गरेका बिरामीमा सिसाको अत्याधिक मात्रा (५ माइक्रोग्राम डेसिलेटर भन्दा बढी) पाइएको प्रति ध्यानाकर्षण भएको जनाएको थियो ।

यस्तो छ विज्ञप्ति

हार्दिक अपिल

पछिल्लो समय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट प्रकाशित प्रेस विज्ञप्तिलाई लिएर आयुर्वेद औषधिको गुणस्तरीयता एवं लिड लगायत खनिज द्रव्यको विषाक्तता सम्बन्धमा विभिन्न सञ्चार माध्यम एवं सामाजिक सञ्जालहरूमा नकारात्मक सन्देश प्रवाह भई रहेको सन्दर्भमा नेपाल आयुर्वेद चिकित्सक सङ्घको गम्भीर ध्यानाकर्षण भएको छ । सोही सन्दर्भमा आयुर्वेद औषधिसम्बन्धी तपसिल बमोजिम विषयमा जानकारी गराउन चाहन्छौँ ।

१. आयुर्वेद चिकित्सा पद्धतिमा प्रयोग हुने रसौषधमा विशेष विधिबाट शोधन गरिएका खनिज द्रव्यको मिश्रण गरिएको हुन्छ, विश्व स्वास्थ्य सङ्गठनले तोके बमोजिम तद् तद् खनिज द्रव्यको न्यूनतम मात्रा तोकिएको छ । नेपालमा आयुर्वेद औषधिको अनुगमन एवं गुणस्तर मापन औषधि व्यवस्था विभागले गर्दै आएको छ । औषधि व्यवस्था विभागमा दर्ता नभएका आयुर्वेद औषधि बिक्री वितरण एवं प्रयोग कानुन विरुद्ध मानिन्छ।

२. पर्यावरण प्रदूषणका कारण कतिपय आयुर्वेद औषधिमा घटक द्रव्य नै नभएका लिड लगायत तत्त्वहरू बेला बखत भेटिएको हुँदा सम्बन्धित निकायले नियमित अनुगमन, अनुसन्धान र गुणस्तर नियन्त्रण गरोस् भन्ने नेपाल आयुर्वेद चिकित्सक सङ्घ जोडदार माग गर्दछ । साथै आधिकारिक निकायबाट आयुर्वेद औषधी एवं उपचार पद्धति सम्बन्धी कुनै पनि विज्ञप्ति अथवा सूचना प्रकाशित गर्नु पूर्व अनिवार्य रूपमा सम्बन्धित निकाय, सङ्घ, संस्था, आयुर्वेद विज्ञको राय लिनु हुन समेत सचेत गराइन्छ ।

३. नेपालमा परापुर्वकालदेखि जडीबुटीको प्रयोग एवं घरेलु उपचारको रूपमा आयुर्वेदिक औषधिको प्रयोग हुँदै आएको पाइन्छ । वर्तमान परिप्रेक्ष्यमा आयुर्वेद चिकित्सा परिषद्‌मा दर्ता भएर चिकित्सा सेवामा संलग्न परम्परागत स्वास्थ्यकर्मीको सङ्ख्या अत्यन्त न्यून भएता पनि नेपालीहरूको आयुर्वेद चिकित्सा पद्धति प्रतिको आस्था एवं विश्वासको अनधिकृत फाइदा उठाउँदै आफूलाई आयुर्वेद ज्ञाता भन्दै समाजमा भ्रम फैलाउने काम पनि बेला बखत हुँदै आएको पाइन्छ । एवं रसौषधीबाट प्रभावकारी चिकित्सा उचित मात्रा र समयावधि (Therapeutical Dose and Duration) एवं उच्चतम चिकित्सा पद्धति (Good Clinical Practice) द्वारा चिकित्सक एवं स्वास्थकर्मीहरूको निगरानीमा बिरामीहरूको उपचार गरिन्छ । त्यसैले, आयुर्वेद चिकित्सा पद्धतिबाट उपचार सेवा लिँदा नेपाल आयुर्वेद चिकित्सा परिषद्‌मा दर्ता भएका आयुर्वेद चिकित्सक एवं स्वास्थ्यकर्मीबाट मात्र सेवा लिनु हुन अनुरोध छ  ।

४. आयुर्वेद औषधिको पार्श्व प्रभाव (Side effect/Adverse Effect) हुन्न भन्ने भ्रममा परेर जो कोही व्यक्तिले सुझाव दिएको आधारमा औषधि सेवन एवं उपचार विधि नअपनाउनु हुन र अनिवार्य रूपमा आयुर्वेद चिकित्सक एवं स्वास्थ्यकर्मीसँग परामर्श गर्नु हुन अनुरोध छ ।

अन्त्यमा अधिकांश रोगको उपचार आयुर्वेद चिकित्सा पद्धतिबाट भई रहेको अवस्थामा यस चिकित्सा पद्धति प्रति आस्थावान् सम्पूर्ण सेवाग्राहीहरूमा बिना आधार सामाजिक सञ्जालमा आएका भ्रामक जानकारीबाट विचलित र निर्धक्क रूपमा सरकारी आयुर्वेद स्वास्थ्य संस्था एवं विभिन्न तहका सरकारबाट स्वीकृति प्राप्त आयुर्वेद स्वास्थ्य संस्थामा गई चार सेवा लिनु हुन नेपाल आयुर्वेद चिकित्सक सङ्घ हार्दिक अपिल गर्दछ ।

डा. कोपिला अधिकारी

महासचिव

सम्बन्धित समाचार : ‘कुन आयुर्वेदिक औषधिमा सिसा भेटिएको हो मन्त्रालयले स्पष्ट पार्नुपर्छ, भ्रमित बनाउन पाइँदैन’

सम्बन्धित समाचार : आयुर्वेदिक औषधिबारे स्वास्थ्य मन्त्रालयले सच्यायो आफ्नो भनाइ 

सम्बन्धित समाचार : आयुर्वेदिक औषधिमा सिसा भेटिएको भन्दै सचेत रहन स्वास्थ्य मन्त्रालयको अनुरोध

प्रतिक्रिया दिनुहोस