प्रिन्सिपल सर्राफको हत्याविरुद्ध आज मधेशका विद्यालय बन्द « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

प्रिन्सिपल सर्राफको हत्याविरुद्ध आज मधेशका विद्यालय बन्द


१४ कार्तिक २०८०, मंगलबार


काठमाडौँ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन(नेशनल प्याब्सनं) मधेश प्रदेशले प्रिन्सिपल रुपेश सर्राफको हत्याविरुद्ध आज विद्यालयहरू बन्द गर्ने निर्णय गरेको छ ।

नेशनल प्याब्सनका प्रदेश अध्यक्ष डा. नन्दन यादव र सचिव जितेन्द्र प्रसाद यादवले विज्ञप्ती जारी गरेर सर्राफको हत्याप्रति भर्त्सना गर्दै हत्या विरोधमा आज प्रदेशभरका विद्यालयहरू बन्द गर्ने निर्णय गरिएको जानकारी दिएका हुन् ।

बाराको कलैयास्थित बाल एकता माविको सञ्चालक तथा प्रिन्सिपल सर्राफमाथि सोमवार दिउँसो गोली प्रहार गरिएको थियो । घाइते उनको केही घण्टामै उपचारको क्रममा वीरगञ्जमा मृत्यु भएको थियो ।

प्रिन्सिपल सर्राफको निर्मम हत्याले मधेश प्रदेशका सम्पूर्ण शिक्षा क्षेत्र नै शोकाकुल बनेको भन्दै नेशनल प्याब्सनले मृतक सर्राफप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा गहिरो संवेदना प्रकट गरेको छ ।

साथै उसले हत्यामा संलग्न दोषीलाई यथाशीघ्र पक्राउ पीडित परिवारलाई न्याय दिन सम्बन्धित निकायसँग माग समेत गरेको छ । न्याय दिलाउन ढिलासुस्ती भए चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गर्न चेतावनी समेत दिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस