गठबन्धनको सरकार रहेसम्म मुलुकको आर्थिक क्षेत्र सुधार हुन सक्दैन : पदम गिरी « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

गठबन्धनको सरकार रहेसम्म मुलुकको आर्थिक क्षेत्र सुधार हुन सक्दैन : पदम गिरी


१२ कार्तिक २०८०, आइतबार


काठमाडौँ । नेकपा एमालेका मुख्य सचेतक पदम गिरीले गठबन्धनको सरकार रहेसम्म मुलुकको आर्थिक क्षेत्र सुधार हुन नसक्ने बताएका छन् ।

आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै गिरीले गठबन्धनको सरकार रहेसम्म मुलुक बर्बादितर्फ जाने र आर्थिक क्षेत्र पनि सुधार हुन नसक्ने बताएका हुन् । अहिले आर्थिक क्षेत्र धरासयीमात्रै नभएर मन्दी नै आइसकेको भन्दै उनले आर्थिक रूपमा असफल मुलुक बन्ने खतरा रहेको जिकिर गरे । उनले छिटो भन्दा छिटो गठबन्धन भत्केर नयाँ कोर्षबाट राजनीतिलाई अघि बढाउनुपर्ने धारणा राखे ।

गिरीले गठबन्धनको सरकार भत्कनुपर्ने भएपनि एमाले भने सरकार ढाल्ने खेलमा नलागेको जिकिर गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस