२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काठमाडौँ पुगे लगत्तै गुटरेसद्वारा भेटवार्तालाई तीव्रता

अ+ अ-

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले औपचारिक भेटवार्तालाई तीव्रता दिएका छन्।

आइतबार काठमाडौँ आइपुगे लगत्तै गुटेरेसले सिंहदरवारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित मन्त्रीहरूसँग भेटवार्ता गरेका हुन्।

महासचिव गुटेरेसलाई मुख्यसचिव डा. वैकुण्ठ अर्याल र परराष्ट्र सचिव भरतराज पौड्यालले सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा स्वागत गरेका थिए।

सम्बन्धित समाचार : राष्ट्रसङ्घका महासचिव गुटेरेस सिंहदरवारमा

भेटवार्तापछि पत्रकारहरूसँग कुराकानी गर्दै प्रधानमन्त्री दाहालले राष्ट्रसङ्घका महासचिवसँग सौहार्दपूर्ण वातावरणमा विश्वासका साथ छलफल भएको बताए।

‘सौहार्दपूर्ण वातावरणमा द्विपक्षीय हितका र अहिलेका राष्ट्रिय, अन्तर्राष्ट्रिय महत्वका विषयमा विश्वासका साथ हामीले छलफल गर्‍यौँ,’ प्रधानमन्त्री दाहालले भने, ‘मौसम परिवर्तनसम्बन्धी विषयमा गम्भीर चर्चा र नकारात्मक परिणाम कम गर्न महासचिवले खेलेको भूमिकाको प्रशंसा पनि गरिएको छ।’

उनले नेपालको शान्ति प्रक्रिया अन्तिम चरणमा पुगे पनि टुङ्गिन बाँकी रहेको विषयमा पनि कुरा भएको बताए।

‘शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍याउन अन्तर्राष्ट्रिय समुदाय र महासचिवको महत्त्वपूर्ण भूमिका हुने कुरा पनि गरिएको छ,’ प्रधानमन्त्री दाहालले भने, ‘नेपालको आर्थिक विकास र  समृद्धिलगायतका विषयमा पनि कुरा भएको छ।’

नेपालको राजनीतिक घटनाक्रमलगायत विषयबारे महासचिव जानकार रहेको प्रधानमन्त्री दाहालको भनाइ थियो।

‘यो भ्रमणपछि राष्ट्र सङ्घ र नेपालका बीचमा तथा अन्तर्राष्ट्रिय समुदायसँग हाम्रो सम्बन्धलाई सहजीकरण गर्न पनि महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छौँ,’ प्रधानमन्त्री दाहालले भने।

प्रधानमन्त्री दाहालसँग भेट्नुअघि उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र परराष्ट्रमन्त्री एनपी साउदसँग पनि उनले औपचारिक भेटवार्ता गरेका थिए।

सम्बन्धित समाचार : रक्षामन्त्री खड्का र राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच भेटवार्ता

महासचिव गुटेरेसले राष्ट्रपति रामचन्द्र पौडेल, काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग भेट्ने कार्यक्रम रहेको छ।

त्यस्तै उनी ललितपुरस्थित पाटन दरबार क्षेत्र जाने कार्यक्रम छ।

सम्बन्धित समाचार : राष्ट्रसङ्घका महासचिव गुटेरेस नेपालमा