राष्ट्रसङ्घका महासचिव गुटेरेस सिंहदरवारमा « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

राष्ट्रसङ्घका महासचिव गुटेरेस सिंहदरवारमा


१२ कार्तिक २०८०, आइतबार


काठमाडौँ । उच्चस्तरीय भेटवार्ताका लागि संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस सिंहदरवार पुगेका छन् ।

उनले आज सिंहदरवारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र परराष्ट्र मन्त्री एनपी साउदलाई भेट्ने कार्यसूची रहेको छ ।

सुरुमा परराष्ट्र मन्त्री साउदसँग भेटघाटका लागि परराष्ट्र मन्त्रालय पुगेका गुटेरेसलाई सहसचिव सेवा लम्सालले स्वागत गरे ।

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग आज भेटवार्ताका लागि तय भएको पूर्व निर्धारित कार्यक्रम भने पर्सि मङ्गलबारका लागि सरेको जनाइएको छ ।

त्यस्तै, गुटेरेसले आजै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग भेट्ने कार्यक्रम रहेको छ ।

उनले आजै राष्ट्रपति रामचन्द्र पौडेललाई पनि भेट्नु हुनेछ । नेपालको चार दिने औपचारिक भ्रमणका लागि गुटेरेस आजै नेपाल आएका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस