रक्षामन्त्री खड्का र राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच भेटवार्ता « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

रक्षामन्त्री खड्का र राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच भेटवार्ता


१२ कार्तिक २०८०, आइतबार


काठमाडौँ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस र उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काबीच शिष्टाचार भेट भएको छ ।

उपप्रधानमन्त्री खड्कासँग गुटरेसले रक्षा मन्त्रालयमा भेट गरेका हुन् । यसअघि आइतबार नै महासचिव गुटरेसले परराष्ट्रमन्त्री एनपी साउदसँग भेट गरेका छन् । आइतबार राति नेपाल आएका गुटरेसको आइतबार धेरै भेटघाटका कार्यक्रम रहेको छ ।

उनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठसँग पनि भेटवार्ता गर्नेछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस