अख्तियारको कर्मचारी हुँ भन्दै ठगी गर्ने पक्राउ « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

अख्तियारको कर्मचारी हुँ भन्दै ठगी गर्ने पक्राउ


१० कार्तिक २०८०, शुक्रबार


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कर्मचारी भन्दै ठगी गर्ने एक युवक पक्राउ परेका छन्।

चितवनको भरतपुर महानगरपालिका-१२ घर भई हाल बाँकेको नेपालगन्ज उपमहानगरपालिका राँझामा डेरा भाडा गरी बस्ने ३७ वर्षीय मोहन कोइराला पक्राउ परेका हुन्।

बाँके प्रहरीका अनुसार पक्राउ परेका कोइरालाले आफूलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कर्मचारी हुँ भन्दै सरकारी कार्यालय तथा विभिन्न सङ्घसंस्थाबाट सुविधा लिँदै आएका थिए।

विगत ६ महिनादेखि नेपालगन्ज बस्दै आएका उनले ठगी धन्दा बाहेक अन्य कुनै काम वा व्यवसाय नगर्ने गरेको पाइएको छ । 

सरकारी कार्यालयका कर्मचारी र विभिन्न सङ्घसंस्थाका मानिसहरूलाई रकम माग्दै सताउने क्रम नरोकिएपछि अख्तियारसम्म कोइरालाको बारेमा गुनासो पुगेको थियो।

सोही गुनासोका आधारमा अख्तियारको बुटवल कार्यालय, नेपालगन्ज कार्यालय र बाँके प्रहरीको टिमले संयुक्त रूपमा कोइरालालाई बिहीबार पक्राउ गरेका थियो।

जिल्ला प्रहरी कार्यालय बाँकेले शुक्रबार कोइरालालाई सार्वजनिक गरेको हो।

Tags :
प्रतिक्रिया दिनुहोस