चियापान तथा शुभकामना आदान प्रदान गर्दै काँग्रेस  « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

चियापान तथा शुभकामना आदान प्रदान गर्दै काँग्रेस 


१० कार्तिक २०८०, शुक्रबार


काठमाडौँ । नेपाली काँग्रेसले विजया दशमी, तिहार, नेपाल संवत्, छठ लगायत पर्वको अवसरमा शनिबार चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रम गर्ने भएको छ ।

दशैंको कोजाग्रत पूर्णिमाको अवसर पारेर पार्टी कार्यालय सानेपामा शुभकामना आदान–प्रदान तथा चियापान समारोह आयोजना गरेको हो ।

हरेक वर्ष चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गर्दै आएको काँग्रेसले यस वर्ष पनि निरन्तरता दिँदै शनिबार दिउँसो दुई बजेदेखि पाँचबजेसम्म पार्टी कार्यालयमा आयोजना गरेको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

२०३३ सालमा जननायक बीपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि २०३४ सालदेखि प्रत्येक वर्ष नेपाली काँग्रेसले कोजाग्रत पूर्णिमाको दिनमा चियापान समारोह गरी शुभकामना आदान–प्रदान गर्ने परम्परा कायमै राखेको छ । शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा सहभागी हुनका लागि सबैलाई आग्रह गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस