दुर्गा मूर्ति विसर्जन गर्दा बेपत्ता युवकको शव तीन दिनपछि फेला « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

दुर्गा मूर्ति विसर्जन गर्दा बेपत्ता युवकको शव तीन दिनपछि फेला


९ कार्तिक २०८०, बिहिबार


काठमाडौँ । दसैँको दिन रुपन्देहीको मर्चवारमा दुर्गा मूर्ति विसर्जनको क्रममा डुबेर बेपत्ता युवकको शव तीन दिनपछि भेटिएको छ ।

स्थानीयले नभेटेपछि खोजतलासका लागि सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन तालिम प्राप्त गोताखोरको टिम परिचालन गरिएको थियो ।

सशस्त्र प्रहरी बल नेपाल नंं २७ नम्बर गण हेडक्वाटर भैरहवा, रुपन्देहीका सशस्त्र प्रहरी नायब उपरीक्षक ९डीएसपी० तुलसीराम पाण्डेयले कुरिनटारस्थित सशस्त्र प्रहरी बल नेपालको विपद् व्यवस्थापन तालिम शिक्षालयबाट ९ जना गोताखोर ल्याएर खोजतलास गरिएको र बिहीबार शव फेला परेको बताएका छन् ।

दुर्गा मूर्ति विसर्जनका क्रममा मङ्गलवार दिउँसो रुपन्देहीको कोटहीमाई गाउँपालिका वडा नम्बर १ र ५ को सिमानामा रहेको दुई मुहान (नदी) मा डुबेर कोटहीमाई( १ का २० वर्षीय युवा सन्तकुमार राजभर बेपत्ता भएका थिए । मूर्ति बिसर्जनकै क्रममा डुबेर सोही स्थानकै २४ वर्षीय अजयकुमार नाउ र १८ वर्षीय अजय राजभरको मृत्यु भएको थियो । उनीहरूको शव मङ्गलवार फेला परेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस