ओलीमाथि प्रायोजित हमला गरिएको भन्दै पुष्टि गर्न राजेन्द्रको चेतावनी « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

ओलीमाथि प्रायोजित हमला गरिएको भन्दै पुष्टि गर्न राजेन्द्रको चेतावनी


८ कार्तिक २०८०, बुधबार


काठमाडौँ । नेकपा एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पार्टी अध्यक्ष केपी ओलीको चरित्र हत्या गर्ने गरी प्रायोजित हमला गरिएको टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जालमार्फत् उनले ओलीको राष्ट्रवादी अडान, समृद्ध नेपाल-सुखी नेपालीका योजनाकारविरुद्ध पुनरुत्थानवादी, प्रतिगमनकारीले हमला गरेको भन्दै भर्त्सना गरेका छन् ।

‘घोर दक्षिणपन्थी, पुनरुत्थानवादी ,राजावादी भरौटे तत्त्वहरूबाट टेलिकममा लगानी नामको कथित समाचार प्रायोजित गरी गरिएको हमला पुष्टि गर्न चुनौती दिन्छु । एउटा राष्ट्रवादी, विकास प्रेमी, परिवर्तनकारी नेताको चरित्र हत्या गरी जनताको विश्वासलाई धुमिल बनाएर धमिलो पानीमा माछा मार्ने दुस्साहस र दुष्प्रयास नगर्न चेतावनी दिन्छु ।’

Tags :
प्रतिक्रिया दिनुहोस