काठमाडौँ । काठमाडौँमा जारी त्रिकोणात्मक टी-२० क्रिकेट सिरिज अन्तर्गत नेपालले आज युएईसँग खेल्दै छ।
फाइनलमा प्रवेश गरिसकेको नेपालले आज यूएईसँग खेल्न लागेको हो।
नेपाल र युएईबीचको खेल अहिले बिहान ११ बजे सुरु हुनेछ।
नेपालले यसअघि युएईलाई पहिलो खेलमा ७ विकेटले पराजित गरेको थियो।
जारी त्रिकोणात्मक टी-२० क्रिकेट सिरिजमा ३ खेलमा ६ अङ्क जोडेर नेपाल शीर्ष स्थानमा छ।