कोशी मुख्यमन्त्रीबारे शेखरद्वारा देउवाका दुवै प्रस्ताव अस्वीकार « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

कोशी मुख्यमन्त्रीबारे शेखरद्वारा देउवाका दुवै प्रस्ताव अस्वीकार


२६ आश्विन २०८०, शुक्रबार


काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले काँग्रेसबाटै मुख्यमन्त्रीमा अर्को नाम मुख्यमन्त्रीमा दिन वा गठबन्धनबाट उम्मेदवार इन्द्र आङ्बोलाई नै सघाउन गरेको आग्रहलाई अस्वीकार गरेका छन् ।

काँग्रेस नेताहरूको बैठकमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’समेत सहभागी भएर विकल्प नाम दिन भन्दा पनि शेखरले नमानेको प्रवक्ता मीन विश्वकर्माले बताए ।

विश्वकर्माले प्रधानमन्त्री ‘प्रचण्ड’ काँग्रेसले एकमतले निर्णय गरे इन्द्रलाई ब्याक गर्न तयार भए पनि शेखर बाधक बनेको बताए ।

उनका अनुसार शेखरलाई सभापति शेरबहादुर देउवाले काँग्रेसबाटै अर्को नाम प्रस्ताव गर्न भन्दा उनले केदार कार्कीलाई आफूले नै अघि सारेको भन्दै अरु विकल्पमा छलफल गर्न तयार नभएको बताइको छ ।

शेखर त्यसपछि कार्यसम्पादन समिति बैठकमा समेत नआएको र उनीसँग फेरि छलफल गर्ने र बैठक भोलिसम्म निरन्तर रहने विश्वकर्माले बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस