‘प्रचण्ड’सँगको छलफललगत्तै काँग्रेस कार्यसम्पादन समितिको बैठक सुरु « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

‘प्रचण्ड’सँगको छलफललगत्तै काँग्रेस कार्यसम्पादन समितिको बैठक सुरु


२६ आश्विन २०८०, शुक्रबार


काठमाडौँ । काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ । कोशीमा गठबन्धनको निर्णयविरुद्ध काँग्रेस नेता शेखर कोइरालाले एमालेसँग मिलेर विद्रोह गरेपछि सभापति शेरबहादुर देउवाले बैठक राखेका हुन् ।

बैठकअघि देउवासहित काँग्रेस शीर्ष नेताहरू प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भेट्न बालुवाटार पुगेका थिए । भेटमा प्रधानमन्त्री ‘प्रचण्ड’ले काँग्रेसमा सर्वसम्मत गरेर आए आफूहरू मान्न तयार रहेको सन्देश दिएर पठाएका छन् ।

सम्बन्धित समाचार  : शेखरलाई मनाएर आए कोशीमा मुख्यमन्त्री छाड्न तयार छौँ : ‘प्रचण्ड’

प्रचण्डको सन्देशपछि निर्णय लिन कार्यसम्पादन समितिको बैठक बसेको हो ।

गठबन्धनले माओवादी केन्द्रका इन्द्र आङ्बोलाई अघि सार्ने निर्णय गरेपछि शेखर निकटका केदार कार्कीले काँग्रेसका ८ सांसदसहित एमालेसँगको समीकरणमा मुख्यमन्त्री दाबी गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस