मुख्यमन्त्रीमा दुईजनाको दाबीपछि नियुक्ति गर्न प्रदेश प्रमुखले लिए समय  « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

मुख्यमन्त्रीमा दुईजनाको दाबीपछि नियुक्ति गर्न प्रदेश प्रमुखले लिए समय 


२५ आश्विन २०८०, बिहिबार


काठमाडौँ । कोशी प्रदेशको मुख्यमन्त्रीमा दुईजनाले दाबी पेश गरेपछि प्रदेश प्रमुखले पर्शुराम खापुङले मुख्यमन्त्री नियुक्तिका लागि समय लिएका छन् । उनले परामर्शका लागि समय लाग्ने भन्दै आज मुख्यमन्त्री नियुक्त गर्ने निर्णय गरेका हुन् ।

उनले संविधानको धारा १६८ (५) अन्तर्गत सरकार गठनका लागि दिएको समय सीमा भोलिसम्म रहेको छ । दुईजनाको दाबी परेपछि आवश्यक परामर्शका लागि समय लाग्ने भन्दै मुख्यमन्त्री नियुक्त नगरेका हुन् ।

संविधानको धारा १६८ (५) अन्तर्गत रहेर सत्ता गठबन्धनबाट माओवादी संसदीय दलका नेता नेता इन्द्रबहादुर आङवोले मुख्यमन्त्रीको दाबी पेश गरेका छन् । उनले काँग्रेसका २९, माओवादीका १३, एकीकृत समाजवादीका ३ र जसपाका १ प्रदेश सभा सदस्यको हस्ताक्षर बुझाएका छन् । उनलाई आजै सत्ता गठबन्धनका शीर्ष नेताहरुले मुख्यमन्त्रीको रूपमा अगाडि सार्ने निर्णय गरेका थिए ।

तर काँग्रेसका शीर्ष नेताहरूको निर्णयविरुद्ध असन्तुष्टि जनाउँदै काँग्रेसका प्रदेशसभा सदस्य केदार कार्कीले आफूसहित काँग्रेसका ९ सहित प्रदेश सभा सदस्य र एमालेका ३९ प्रदेश सभा सदस्यको हस्ताक्षर सहित मुख्यमन्त्रीमा दाबी गरेका छन् ।

उनीसहित काँग्रेसका ८ प्रदेश सभा सदस्यले प्रदेश प्रमुख परशुराम खापुंग समक्ष उभिएर केदार कार्कीबाहेक अरु कसैलाई मुख्यमन्त्री नियुक्त गर्न हस्ताक्षर नगरेको भन्दै पत्र बुझाएका छन् ।

पत्र बुझाउँदा नेपाली काँग्रेस कोशी प्रदेश संसदीय दलका नेता हिमाल कार्की उपस्थित नभएपछि पत्रमा हस्ताक्षर गरेका छन् । उपस्थित भएका प्रदेशसभा सदस्यहरूले प्रदेश प्रमुखलाई बुझाएको पत्रमा अरु कसैले मुख्यमन्त्री बनाउन भनेर बुझाएको पत्रमा आफ्नो हस्ताक्षर भए त्यो झुटो भएको बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस