मन्त्री देवीले भनिन्-स्थानीय तहलाई हस्तक्षेप गर्दैनौँ  « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

मन्त्री देवीले भनिन्-स्थानीय तहलाई हस्तक्षेप गर्दैनौँ 


२४ आश्विन २०८०, बुधबार


काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता देवीले स्थानीय तहलाई हस्तक्षेप नगर्न सबै प्रतिबद्ध हुनुपर्ने बताएकी छन्।

बुधवार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै मन्त्री देवीले स्थानीय तहलाई हस्तक्षेप नगर्नका लागि सबै प्रतिबद्ध हुनुपर्ने बताएकी हुन्।

उनले भ्रष्टाचारको सन्दर्भमा स्थानीय तहलाई औँला ठड्याइने गरिएको भन्दै उनले स्थानीय तहमा आर्थिक अनुशासन कायम गर्ने जिम्मेवारी पनि सबैको भएको बताइन्।

स्थानीय तहलाई सही रूपले चलाउने जिम्मेवारी स्थानीय तहका जनप्रतिनिधिको मात्रै नभएर प्रदेश र सङ्घको जनप्रतिनिधिको पनि भएको उनले बताइन्।

मन्त्री देवीले कमी, कमजोरी स्थानीय तहमा मात्र नभई सबै तहमा हुने गरेको बताइन्।

Tags :
प्रतिक्रिया दिनुहोस