७ सहसचिव र ४५ उपसचिवका लागि दरखास्त आह्वान « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

७ सहसचिव र ४५ उपसचिवका लागि दरखास्त आह्वान


२४ आश्विन २०८०, बुधबार


काठमाडौँ । न्याय सेवा आयोगले सहसचिव र उपसचिवका लागि दरखास्त आह्वान गरेको छ । आयोगले बुधवार(आज) एक सूचना प्रकाशित गर्दै नेपाल न्याय सेवाको रिक्त सात सहसचिव र ४५ जना उपसचिवका लागि विज्ञापन माग गरेको हो । 

ज्येष्ठता र कार्य सम्पादन मूल्याङ्कन तथा कार्यक्षमताको मूल्याङ्कनको आधारमा बढुवाद्वारा पूर्ति गर्नुपर्ने भन्दै २०८० आषाढ मसान्तसम्म निजामती सेवा ऐन र नियमावलीबमोजिम योग्यता पुगेका सम्भाव्य उम्मेदवारहरूले दरखास्त दिन सक्ने आयोगले जनाएको छ । 

सूचना प्रकाशित भएको ३५ दिन भित्र सहसचिवका लागि एक हजार पाँच सय र उपसचिवका लागि एक हजार दुई सय को रसिद संलग्न गरी आयोगमा दरखास्त बुझाउन भनिएको छ ।

यता ठूलो संख्यामा रिक्त अन्य सेवाका सहसचिव र उपसचिवहरुको विज्ञापन भने लोक सेवा आयोगले विशेष कारण भन्दै रोकेको छ ।

सम्बन्धित समाचार : ‘विशेष कारणवश’ भन्दै लोक सेवा आयोगले रोक्यो सहसचिव र उपसचिवको विज्ञापन 

Tags :
प्रतिक्रिया दिनुहोस