१२ सहसचिवसहित १५१ कर्मचारीको सरुवा (सूचीसहित) « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

१२ सहसचिवसहित १५१ कर्मचारीको सरुवा (सूचीसहित)


२३ आश्विन २०८०, मंगलबार


काठमाडौँ । कानून, न्याय तथा सरकारी वकिलतर्फका १२ सहसचिवसहित १५१ जना कर्मचारीको सरुवा भएको छ । त्यस्तै ५१ जना कर्मचारीको पदस्थापन भएको छ ।

न्याय सेवा आयोगको आइतबार बसेको बैठकले राजपत्राङ्कित प्रथम श्रेणी कानून समूह र सरकारी वकिल समूहका ६–६ जना सहसचिवको सरुवा गरेको हो ।

आयोगले सरकारी वकिल समूहका ५१ जना राजपत्राङ्कित द्वितीय श्रेणी अर्थात् उपसचिवसरहका कर्मचारीको पनि सरुवा गरेको छ । कानून समूहका राजपत्राङ्कित तृतीय श्रेणी अर्थात् अधिकृतसरहका १५ जना कर्मचारीको पनि सरुवा गरेको छ ।

आयोगका अनुसार सरकारी वकिल समूहका राजपत्राङ्कित तृतीय श्रेणी अर्थात् अधिकृतसरहका ७३ जना कर्मचारीको सरुवा भएको छ । आयोगले न्याय समूहका १५ जना राजपत्राङ्कित तृतीय श्रेणी अर्थात् शाखा अधिकृत, कानून समूहका ८ जना शाखा अधिकृत र सरकारी वकिल समूहका २८ जना अधिकृतको विभिन्न निकायमा पदस्थापन गरेको छ ।

सूची :

Tags :
प्रतिक्रिया दिनुहोस