एमाले सुदूरपश्चिममा नेतृत्व चयनका लागि आज मतदान « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

एमाले सुदूरपश्चिममा नेतृत्व चयनका लागि आज मतदान


२३ आश्विन २०८०, मंगलबार


काठमाडौँ । नेकपा (एमाले)को सुदूरपश्चिम प्रदेश कमिटी प्रथम अधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि आज मतदान हुँदै छ।

सोमबार साँझ निर्वाचन कमिटीले सार्वजनिक गरेको निर्वाचन तालिकाअनुसार आज बिहान ७ बजेदेखि साढे ९ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय तोकिएको छ।

उम्मेदवारी दर्ता भएपछि उम्मेदवारको प्रारम्भिक नामावली बिहान साढे ११ बजे सार्वजनिक गर्ने तयारी छ। त्यही समयभित्र उम्मेदवारको विरोधमा उजुरी दिन निर्वाचन कमिटीले समय तोकेको छ।

उम्मेदवारी फिर्ता गर्न कमिटीले साढे १२ बजेदेखि २ बजेसम्मको समय दिएको छ। निर्वाचन तालिकाअनुसार आज दिउँसो साढे २ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ।

एमाले सुदूरपश्चिमको निर्वाचन समितिले दिउँसो साढे २ बजे अन्तिम नामावली प्रकाशन गर्ने र बेलुकी ५ बजेदेखि मतदान सुरु गर्ने बताएको छ।

गत आइतबार अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेको सो अधिवेशनको भावी नेतृत्वका लागि सर्वसम्मतको हिजो दिनभरि प्रयास गरिएको भए पनि सफल नभए पछि हिजो साँझबाट नै निर्वाचन प्रक्रिया अघि बढाइएको हो ।

प्रदेश अध्यक्षका लागि अछामका दुई जनाले दाबेदारी प्रस्तुत गरेका छन्, जसअनुसार अछामका कृष्ण प्रसाद जैशी र कमल तिमिल्सिना रहेका छन् भने कञ्चनपुरका वचन सिंहले पनि अध्यक्षमा दाबी गर्दै आएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस