काठमाडौँ । चर्चित व्यवसायी दुर्गा प्रसाईँलाई दुर्व्यवहार गरिएको छ । कान्तीपथस्थित होटेल एलो प्यागोडामा पत्रकार सम्मेलनको क्रममा उनीमाथि केही युवाले कालो मोसो दलेका छन् ।
दरबार प्रहरीका अनुसार अहिले भर्खरै प्रहरी त्यसतर्फ पुगेको छ । हालसम्म कसैलाई पनि नियन्त्रणमा नलिएको र कालो मोसो दल्ने समूहको खोजी भइरहेको प्रहरीले बताएको छ ।
प्रसाईँ केही समययता बैंक, लघुवित्त र सहकारीको चर्को व्याज नियन्त्रण, ऋण मिनाहालगायतको माग राखेर अभियानमा छन् । सङ्घीयता खारेजी, हिन्दु राष्ट्र कायम, राजतन्त्र पुनर्बहाली पनि उनको एजेण्डा छ ।