राष्ट्रपति कार्यालय अगाडि विरोध प्रदर्शन « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

राष्ट्रपति कार्यालय अगाडि विरोध प्रदर्शन


२२ आश्विन २०८०, सोमबार


काठमाडौँ । मानव अधिकार तथा शान्ति समाजले राष्ट्रपति कार्यालय शितलनिवासअगाडि विरोध प्रदर्शन गरेको छ।

संविधानको धारा २७६ मा निहित राष्ट्रपतिले सजाय माफी गर्न सक्ने अधिकारको दुरुपयोग रोक्न माग गर्दै शान्ति समाजले सोमबार विरोध प्रदर्शन गरेको हो।

कुशासन र दण्डहीनता विरुद्ध शान्ति समाजले सोमबारदेखि १० बुँदामा केन्द्रित रही देशव्यापी अभियान प्रारम्भ गर्दैछ। यसैक्रममा आज शितलनिवास अगाडि प्रदर्शन गरिएको हो।

कैद माफी गर्दा तलदेखि माथिसम्म भएको सम्भावित आर्थिक चलखेलबारे गहिरो छानबिन गर्न पनि शान्ति समाजको माग छ।

विरोध प्रदर्शनमा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीसहित नागरिक अगुवा र अधिकारकर्मीहरूको सहभागिता रहको थियो।

संविधान दिवसको अवसरमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले योग ढकाल (रिगल)लाई आममाफी दिएका थिए। उक्त आममाफीपश्चात् राष्ट्रपतिको चौतर्फी आलोचना हुँदै आएको छ।

रिगलमाथि २०७२ साल असार २८ गते नेपालगञ्जको धम्बोजी चोकमा दिउँसो ३ बजेतिर चेतन मानन्धरमाथि खुँडा प्रहार गरी हत्या गरेको अभियोग थियो।

Tags :
प्रतिक्रिया दिनुहोस