कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले राजीनामा दिने « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले राजीनामा दिने


२० आश्विन २०८०, शनिबार


काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले राजीनामा दिने भएका छन् ।
कोशी प्रदेश सभाका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिनुअगाडि बसेको एमाले संसदीय दलको बैठकमा राजीनामा दिने घोषणा गरेका हुन ।

संविधानको धारा १६८ (५) अन्तर्गत पुन मुख्यमन्त्री हुन नपाउने सुझाव आएपछि राजीनामा दिने निर्णयमा पुगेका हुन ।

दलको बैठकमा एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारी संविधानको धारा १६७ (३) अन्तर्गत बनेको सरकारले विश्वासको मत पाउन नसके पुन १६८ (५) अन्तर्गत मुख्यमन्त्रीको दाबी गर्न नपाउने सुझाव दिएका थिए ।

संविधानको धारा १६८ को उपधारा ३ बमोजिम ठूलो दलको नेताको हैसियतमा मुख्यमन्त्री बनेको आज ३० दिन पुग्दै छ ।

तर, अहिलेसम्मको राजनीतिक समीकरणमा कार्कीले विश्वासको मत पाउने अवस्था नदेखिएपछि राजीनामा दिन लागेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस