काठमाडौँ । राष्ट्र बैंकले सेयर धितोमा जारी हुने कर्जाको एकल ग्राहक सीमा बढाएर १५ करोड रुपैयाँ पुर्याएको छ।
अब कुनै व्यक्तिले सेयर धितोमा अधिकतम १५ करोड रुपैयाँसम्म कर्जा पाउने भएको हो। हाल यस्तो सीमा अधिकतम १२ करोड रुपैयाँ तोकिएको छ।
साथै, अब व्यक्ति र संस्थालाई अलगअलग सीमा लाग्ने भएको छ। अब संस्थाले एक बैंक वा पूरै बैंकिङ प्रणालीबाट २० करोड रुपैयाँसम्म कर्जा पाउने भएको छ।