२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

धनगढी-दिपायल द्रुतमार्ग कालोपत्र चाँडै

अ+ अ-

गोदावरी । धनगढी-खुटिया-विपीनगर-दीपायल द्रुतमार्ग कालोपत्र हुने भएको छ ।

सडक कालोपत्रका लागि कैलाली खण्डमा बेसको काम भइरहेको सडक योजना कार्यालयले जनाएको छ ।

योजना कार्यालयका प्रमुख लक्ष्मण रावलका अनुसार बेसको काम सकिने बित्तिकै उक्त सडक कालोपत्र गर्ने तयारी थालिने छ । गत आर्थिक वर्षमा बजेट अभावका कारण अलपत्र परेको सडक कालोपत्रको काम एक महिनापछि हुने योजना कार्यालयले जनाएको छ । धनगढी-खुटिया-विपीनगर-दिपायल द्रुतमार्गको २३ किलोमिटर कालोपत्रका लागि २०७८ वैशाखमा ठेक्का सम्झौता भएको थियो । धनगढी-स्याउले सडकखण्डको १३ दशमलव चार र दिपायल-बाजमोर्ड खण्डको नौ दशमलव चार किलोमिटर सडक कालोपत्रका लागि सम्झौता भएको थियो ।

कैलालीमा थप साढे छ किलोमिटर र डोटीमा १५ किलोमिटर सडक कालोपत्रका लागि ठेक्का सम्झौता भएको प्रमुख रावलले बताए । उनका अनुसार चार खण्डमा सडक कालोपत्रको काम हुँदैछ । ठेक्का भएका चार सडकको भौतिक प्रगति औसतमा ६५ प्रतिशत भएको जनाएको छ ।

डोटीमा छ किलोमिटर कालोपत्र गरिएको छ । डोटीको बाँकी क्षेत्र र कैलाली खण्डमा एक महिनापछि कालोपत्रको काम सुरु हुने छ । द्रुतमार्गको ४३ दशमलव आठ किलोमिटर सडक कालोपत्रका लागि ठेक्का भएकामा ६५ प्रतिशतमात्र काम पूरा भएको छ ।

धनगढी खण्डमा खड्का-कृष्ण-नारायण-बगलामुखी जेभीसँग २०७८ सालमा पिपलचौताराबाट स्याउलेसम्मको १३ दशमलव चार किलोमिटरमा कालोपत्र गर्न रु. १६ करोड ४० लाखमा ठेक्का भएको थियो । दिपायल खण्डमा आश्रय-प्रशंसा-दुनिला जेभीले सडकको काम गर्दैछ । विसं २०७८ मा ठेक्का सम्झौता गरिएको भए पनि बजेट अभावका कारण सडक निर्माणको काम अलपत्र परेकामा चालु आर्थिक वर्षमा सङ्घीय सरकारले रु. २५ करोड बजेट विनियोजन गरेको छ । विसं २०६४ मा खुटिया-दिपायल द्रुतमार्गको औपचारिक रूपमा सर्भे गरी ट्रयाक खोल्न थालिएको थियो । त्यस बेला खुटियाबाट दिपायलसम्म ८२ किलोमिटर सडक सर्भे भएको थियो । पछि पूर्व-पश्चिम राजमार्गबाट धनगढीसम्मको १० किलोमिटर सडक पनि थपेर ९२ किलोमिटरमा काम भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस