एक सय ३० कर्मचारीसहित कर्णालीका २२७ जनाविरुद्ध मुद्दा « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

एक सय ३० कर्मचारीसहित कर्णालीका २२७ जनाविरुद्ध मुद्दा


१६ आश्विन २०८०, मंगलबार


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतले कर्णालीका १ सय ३० जना कर्मचारीसहित २ सय २७ जनाविरुद्ध मुद्दा दायर गरेको छ। 

जसमा १७ जना जनप्रतिनिधि, १ सय ३० जना कर्मचारी, ७२ जना उपभोक्ता समितिका पदाधिकारी र ८ जना अन्य व्यक्ति छन्। अख्तियार कार्यालय सुर्खेतका अनुसार २ सय २७ जनाविरुद्ध कुल ४४ वटा मुद्दा परेका हुन्। जसमा सबैभन्दा धेरै गैरकानुनी लाभ तथा हानिमा २५ वटा मुद्दा परेका छन्। 

यस्तै, सार्वजनिक सम्पत्ति हानि नोक्सानीमा ९, शैक्षिक प्रमाणपत्र नक्कलीमा १, घुस–रिसवतमा १, परीक्षाको परिणाम फेरबदलमा १, गलत प्रतिवेदन तयारमा १ र बाँकी अन्य गरी ४४ वटा मुद्दा विशेष अदालतमा दायर भएका छन्।

कार्यालयका अनुसार कुल ४४ वटा मुद्दामध्ये सबैभन्दा धेरै मुगु जिल्लाबाट १२ वटा मुद्दा परेका छन् । यस्तै, सुर्खेतबाट ७, कालिकोटबाट  ६, सल्यानबाट ५, हुम्लाबाट ४, डोल्पाबाट  ३, जुम्लाबाट  ३, दैलेखबाट २, रुकुम पश्चिम र जाजरकोटबाट १-१ मुद्दा गरी ४४ वटै मुद्दा अख्तियारले विशेष अदालतमा दायर गरेको हो।

कर्णालीका जनप्रतिनिधि, कर्मचारी र उपभोक्ता समितिका पदाधिकारीले गैरकानुनी काममा संलग्नता बढाउन थालेका छन्। 

गौतमका अनुसार आर्थिक वर्ष २०७९-८० मा कर्णाली प्रदेशमा कुल २ हजार ८२ मुद्दा दर्ता हुँदा स्थानीय तहसँग सम्बन्धित मात्रै एक हजार ८२ उजुरी रहेका थिए। 

Tags :
प्रतिक्रिया दिनुहोस