पूर्वमन्त्री यादवमाथि खुकुरी प्रहार गर्ने सापकोटा जेल चलान « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

पूर्वमन्त्री यादवमाथि खुकुरी प्रहार गर्ने सापकोटा जेल चलान


१६ आश्विन २०८०, मंगलबार


काठमाडौँ । काठमाडौँको भृकुटी मण्डपमा नेपाली काँग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार गर्ने व्यक्तिलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।

ज्यान मार्ने उद्योगको अभियोग लागेका श्यामबाबु सापकोटालाई काठमाडौँ जिल्ला अदालतले सोमबार कारागार चलान गर्ने आदेश सुनाएको हो ।

भदौ २० गते रिपोर्टस क्लबमा आयोजित कार्यक्रममा सहभागी भएर बाहिरिने क्रममा यादवमाथि खुकुरी प्रहार भएको थियो । आक्रमणकारी सापकोटालाई प्रहरीले तत्कालै नियन्त्रणमा लिएको थियो। सापकोटाले राजसंस्था पक्षमा नाराबाजी गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस