विज्ञापन व्यवसायी पौडेलको आत्मकथा ‘वेलकम आरोह अवरोह’ सार्वजनिक « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

विज्ञापन व्यवसायी पौडेलको आत्मकथा ‘वेलकम आरोह अवरोह’ सार्वजनिक


१६ आश्विन २०८०, मंगलबार


काठमाडौँ । विज्ञापन व्यवसायी निर्मलराज पौडेलको पुस्तक ‘वेलकम आरोह अवरोह’ सार्वजनिक भएको छ।

आत्मकथनमा आधारित पुस्तकमा उनका भोगाइका अतिरिक्त नेपालको सञ्चार क्षेत्रको अवस्था, विज्ञापन निर्माण र यसको बजारलगायतका विषय समेटिएको छ।

घोस्ट राइटिङ नेपालले प्रकाशन गरेको पुस्तकमा लेखक पौडेलले पहिलेको काठमाडौं उपत्यकाको भौगोलिक तथा सामाजिक अवस्थाको पनि चित्रण गरेका छन् । पुस्तकमा नेपालमा नेपालमा विगत लामो समयदेखिको आमसञ्चार क्षेत्रको अवस्था र चुनौतीका साथै विज्ञापन निर्माण र वितरणको विगतको अवस्था र अवधारणा प्रस्तुत गरिएको छ ।

विज्ञापन व्यवसायी एवं नेपाल विज्ञापन एजेन्सी व्यवसायी संघको अध्यक्ष रहेर काम गरिसकेका पौडेलले पुस्तकमा व्यावसायिक जीवनका आरोह–अवरोह, विज्ञापनलाई समाजले हेर्ने दृष्टिकोण र विज्ञापन व्यवसायमा आफूले भोग्नुपरेका सफलता, असफताका कथा पनि समेटेका छन्।

व्यवसायका सिलसिलामा करिब ६००भन्दा बढी विज्ञापन निर्माण गरेका अनुभव साट्दै उनले पछिल्लो समयमा आएर फेरिएको विज्ञापन शैलीका बारेमा पनि प्रसंग उठाएका छन्। लेखक पौडेलले पुस्तकको पहिलो प्रति सोमबार राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएपछि पुस्तक सार्वजनिक गरेका हुन्।

Tags :
प्रतिक्रिया दिनुहोस