शङ्कास्पद श्रम स्वीकृति लिएका १४ म्यानपावर कम्पनी निलम्बनमा « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

शङ्कास्पद श्रम स्वीकृति लिएका १४ म्यानपावर कम्पनी निलम्बनमा


१५ आश्विन २०८०, सोमबार


काठमाडौँ । शङ्कास्पद कागजात पेसशगरेर श्रम स्वीकृति लिएका १४ वटा म्यानपावर कम्पनी निलम्बनमा परेका छन् । वैदेशिक रोजगार विभागले शङ्कास्पद कागजात पेस गरेर श्रम स्वीकृति लिएको आरोपमा १४ वटा म्यानपावर कम्पनीलाई निलम्बन गरेको हो ।

वैदेशिक रोजगार ऐन, २०६४ को दफा ६१ को ७ बमोजिम निलम्बन गरेको विभागले बताएको छ ।

जापानी भाषा तथा संस्कृति सम्बन्धी तालिमको शङ्कास्पद प्रमाणपत्र पेस गरेर श्रम स्वीकृति लिई नेपाली कामदारलाई पठाएको भनेर उजुरी परेको थियो । सो उजुरीमाथि अनुसन्धान भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस