नेमकिपाले भन्यो-‘जिल्ला शिक्षा कार्यालय ब्युँताउनु प्रतिगमन हो’ « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

नेमकिपाले भन्यो-‘जिल्ला शिक्षा कार्यालय ब्युँताउनु प्रतिगमन हो’


१४ आश्विन २०८०, आइतबार


काठमाडौँ । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसद प्रेम सुवालले जिल्ला शिक्षा कार्यालय ब्युँताउन खोज्नु गलत भएको बताएका छन् ।

विद्यालय शिक्षा विधेयकको विरोध गर्दै प्रतिनिधि सभाको बैठकमा उनले भनेका छन्, ‘ जिल्ला शिक्षा कार्यालय ब्युँताउनु प्रतिगमन नै हो । यस सम्बन्धमा सरोकारवालाहरूले पनि विरोध गरिरहेका छन् ।’

आधारभूत र माध्यमिक शिक्षालाई स्थानीय सरकार मातहत नै राखिनुपर्ने सांसद सुवालको माग रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस