अख्तियारद्वारा प्रतिकूल बकपत्र गर्ने प्रहरी कर्मचारीविरुद्ध मुद्दा दायर  « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

अख्तियारद्वारा प्रतिकूल बकपत्र गर्ने प्रहरी कर्मचारीविरुद्ध मुद्दा दायर 


१२ आश्विन २०८०, शुक्रबार


अख्तियार

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक प्रहरी कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

सीमा प्रहरी चौकी टिमुरे रसुवामा कार्यरत प्रहरी कर्मचारी कल्याणी सुबेदीले प्रतिकूल बकपत्र गरेको आरोपमा आज विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको हो । 

विशेष अदालत, काठमाडौँमा दर्ता भएको राजस्व चुहावट गरी भ्रष्टाचार मुद्दामा सरकारी साक्षीका रूपमा पेश गरिएकी दोलखा, शैलुङ्गेश्वर गाउँपालिका बस्ने सुवेदीले कल्याणी सुबेदीले प्रतिकूल बकपत्र गरेको भन्ने उजुरी परेको थियो । 

राजश्व चुहावटसमेत गरी भ्रष्टाचार गरेको मुद्दामा सुन बिक्री गर्न ल्याउँदा राख्न दिएकोमा राखिदिएको भनी सुवेदीलाई उक्त मुद्दाको अनुसन्धानको क्रममा सहयोग गरेको कारण र उनलाई प्रतिवादी नबनाई सरकारी साक्षीको रूपमा पेश गरिएकोमा अनुसन्धानको क्रममा गरिएका कागजात ब्यहोराको प्रतिकूल हुने गरी बकपत्र गरेको अख्तियारको ठहर छ । 

सुवेदीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५५ को प्रतिबन्धात्मक वाक्यांशको व्यवस्था बमोजिम छ लाख सतहत्तर हजार पाँच सय उनान्सय रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिम सजाय हुन मागदावी लिई आज विशेष अदालत, काठमाडौँमा मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता भोला भोला दाहालले बताए । 

Tags :
प्रतिक्रिया दिनुहोस