नासु र खरिदार घुस रकमसहित अख्तियारको नियन्त्रणमा  « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

नासु र खरिदार घुस रकमसहित अख्तियारको नियन्त्रणमा 


१२ आश्विन २०८०, शुक्रबार


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नायब सुब्बा र खरिदारलाई घुस रकमसहित नियन्त्रणमा लिएको छ । 

सुनसरीको इनरुवास्थित भूमिसुधार तथा मालपोत कार्यालयका नासु सुदिप कटुवाल र खरिदार रमेश अधिकारीलाई घुस रकमसहित नियन्त्रणमा लिएको हो । 

आयोगको इटहरीस्थित कार्यालयबाट खटिएको टोलीले उनीहरूलाई सेवाग्राहीसँग एक लाख ५० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा शुक्रबार नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता भोला दाहालले बताए । 

घुस रकमसहित उनीहरूलाई इनरुवा नगरपालिका-३, मालपोत चोकबाट नियन्त्रणमा लिइएको अख्तियारले शुक्रबार जारी गरेको विज्ञप्तिमा जनाइएको छ । 

जग्गा नामसारी गरेबापत कटुवाल र अधिकारीले सेवाग्राहीसँग घुस लिएको अख्तियारले बताएको छ । उनीहरूमाथि थप अनुसन्धान भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस