२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रुकुम पश्चिममा आयोडिन नुन प्रयोगकर्ताको संख्या बढ्दै

अ+ अ-

रुकुम पश्चिम । रुकुम पश्चिमा पछिल्लो समय आयोडिनयुक्त नुन प्रयोग गर्नेको सङ्ख्या बढ्दै गएको छ । जिल्लाका छवटै स्थानीय तहमा आयोडिन नुनका प्रयोगकर्ताको सङ्ख्या बढ्दै गएको नेपाल साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड, डिपो कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

कार्यालयका अनुसार जिल्लामा गत आर्थिक वर्ष २०७९/०८० मा छ हजार क्विन्टल नुन बिक्री भएको थियो । हाल जिल्लाको मुसीकोट नगरपालिकाको सेरिगाउँ र चौरजहारी नगरपालिकाको चौरजहारी वितरण केन्द्रबाट नुनको बिक्री हुँदै आएको डिपो कार्यालयको प्रमुख पूर्णराज गौतमले जानकारी दिए ।

उनका अनुसार गत आवमा सेरिगाउँबाट चार हजार नौ सय ५१ र चौरजहारी वितरण केन्द्रबाट नौ सय २० क्विन्टल नुन बिक्री वितरण भएको थियो । कार्यालयले माग गरेकोभन्दा एक हजार पाँच सय क्विन्टल नुन गत आवमा कम आएको जनाएको छ ।

चालु आवका लागि पनि जिल्लामा माग गरेको भन्दा झण्डै आधा साढे चार हजार क्विन्टल मात्र नुन आएको छ । जिल्लामा एक वर्षमा झण्डै आठ हजार आयोडिन नुन प्रयोग हुने भए पनि चार हजार पाँच सय क्विन्टल मात्र नुन उपलब्ध भएको कार्यालय प्रमुख गौतमले जानकारी दिए । चालु आवका लागि डिपो कार्यालय सेरिगाउँलाई तीन हजार सात सय र चौरजहारी वितरण केन्द्रलाई आठ सय क्विन्टल आयोडिनयुक्त नुन उपलब्ध भएको उनले बताए ।

आव २०७९/०८० को भन्दा चालु आवमा जिल्लामा नुनको कोटा घटेर आएको छ । कार्यालय प्रमुख गौतमले नुन कोटा बढाउन आग्रह गरे। सेरिगाउँबाट हरेक हप्ताको आइबार र बिहीबार तथा चौरजहारी वितरण केन्द्रबाट हरेक महिनाको ५ र ६ गते नुन बिक्री हुँदै आएको छ ।

प्रतिकिलो रु नौका दरले आयोडिनयुक्त नुन बिक्री गर्दै आइरहेको कार्यालयले जनाएको छ । मुसीकोट नगरपालिका–५ का बेचु खत्रीले आयोडिन नुन प्रयोग गर्ने गरेको बताए।

प्रतिक्रिया दिनुहोस