२ कम्पनीका हेलिकप्टर उडानमा प्राधिकरणले लगायो रोक « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

२ कम्पनीका हेलिकप्टर उडानमा प्राधिकरणले लगायो रोक


११ आश्विन २०८०, बिहिबार


काठमाडौँ । लुक्ला क्षेत्रमा खराब मौसममा उडान गर्न नहुने नियम उल्लङ्घन गर्दै हेलिकप्टर उडाएपछि दुई कम्पनीका हेलिकप्टरको उडानमा नेपाल नागरिक उड्डयन प्राधिकरणले रोक लगाएको छ ।

प्राधिकरणका अनुसार दुई कम्पनीका ‘एएस ३५० बी३ई’ मोडलका हेलिकप्टरको उडानमा बिहीबारदेखि नै प्रतिबन्ध लगाइएको हो ।

प्राधिकरण स्रोतका अनुसार यसरी प्रतिबन्ध लाग्ने कम्पनीमा श्री एयरलाइन्स र फिस्टेल एयरका हेलिकप्टर छन् ।

यी कम्पनीले भिजिबिलिटी १ सय मिटर समेत नभएको अवस्थामा समेत ‘भीएफआर’ नियम मिच्दै हेलिकप्टर उडाएपछि प्राधिकरणले अर्को निर्णय नभएसम्मका लागि हेलिकप्टर उडानमा रोक लगाउने निर्णय गरेको हो ।

यी कम्पनीका पनि अन्य मोडलका हेलिकप्टरको उडानमा भने रोक लगाइएको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस