कालोपट्टी बाँधेर स्थानीय तहका कर्मचारीले दिए धर्ना « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

कालोपट्टी बाँधेर स्थानीय तहका कर्मचारीले दिए धर्ना


९ आश्विन २०८०, मंगलबार


काठमाडौँ । सल्यानमा स्थानीय तहका कर्मचारीले हातमा कालोपट्टी बाँधेर कार्यालयमा धर्ना दिएका छन्।

आफ्नो माग सम्बोधन हुने गरी संघीय निजामती विधेयक ल्याउन दबाब दिँदै आज (मंगलबार) जिल्लाका दशवटै स्थानीय तहका कर्मचारीले हातमा कालोपट्टी बाँधेर २ घण्टा धर्ना दिएका हुन्।

आन्दोलनरत कर्मचारीले मंगलबार १० देखि १२ बजेसम्म दुई घण्टा हातमा कालोपट्टी बाँधेर पालिकाको कार्यालयमा धर्ना दिएका छन्। 

सङ्घ, प्रदेश तथा स्थानीय तह गरी तीनै तहका कर्मचारीलाई समावेश गरिनुपर्ने, सेवा सुविधा समान गर्ने, सबै तहमा सरुवा हुनुपर्ने, प्रदेशबाट संघमा जान नपाउने प्रावधान खारेज गर्नुपर्ने, स्वास्थ्य सेवा समान हुनुपर्ने, बढुवा समान, अन्तर प्रदेश सरुवा, स्थानीय तहका अधिकृत प्रमुख प्रशासकीय अधिकृत हुन पाउनुपर्ने, तालिममा विभेद गर्न नपाउने लगायत माग राखेर उनीहरू आन्दोलनमा उत्रिएका हुन्।

आफ्ना मागको सम्बोधन नभए चरणबद्ध रूपमा कालोपट्टी बाँधेर आन्दोलन गर्ने र सरकारले बेवास्ता गरे ‘पेन डाउन’ गर्ने स्थानीय तह कर्मचारी सङ्घर्ष समितिले जनाएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस