सुदूरपश्चिमको नीति तथा योजना आयोग उपाध्यक्षमा पूर्वसचिव उपाध्याय नियुक्त « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

सुदूरपश्चिमको नीति तथा योजना आयोग उपाध्यक्षमा पूर्वसचिव उपाध्याय नियुक्त


९ आश्विन २०८०, मंगलबार


काठमाडौँ। सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष परिवर्तन गरेको छ ।

प्रदेश सरकारले तत्कालीन मुख्यमन्त्री त्रिलोचन भट्ट नेतृत्वको सरकारले नियुक्त गरेका मोहनदेव विष्टलाई हटाएर पूर्वसचिव अनुपकुमार उपाध्यायलाई नियुक्त गरेको हो ।

आयोगका अध्यक्ष समेत रहेका मुख्यमन्त्री कमलबहादुर शाहले उपाध्यायलाई नियुक्त गर्दै मंगलबार पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । उपाध्याय नेपाल सरकारका सेवा निवृत्त सचिव हुन् ।

मुख्यमन्त्री शाहले तत्कालीन सरकारले नियुक्त गरेका विष्टको पदावधि नसकिँदै उपाध्यायलाई नियुक्त दिएका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस