२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रपति पौडेललाई नागरिक अभिनन्दन

अ+ अ-

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेललाई जनकपुरधाममा नागरिक अभिनन्दन गरिएको छ । जनकपुरधामका मेयर मनोज साहले राष्ट्रपति पौडेललाई अभिनन्दन पत्र प्रदान गरेका हुन् ।

जानकी मन्दिरमा पूजापाठ र महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्रको समुद्घाटन गर्न आएका राष्ट्रपति पौडेललाई जनकपुरधाम उपमहानगरपालिकाको आयोजनामा नागरिक अभिनन्दन गरिएको छ ।

राष्ट्रपति पौडेललाई प्रदान गरिएको अभिनन्दन पत्रमा मैथली भाषा प्रयोग गरिएको छ । राष्ट्रपति पौडेललाई भगवान् रामसँग तुलना गर्दै अभिनन्दन पत्रमा भनिएको छ, ‘त्रेतायुगमा भगवान् राम जनकपुरधाम आएपछि नगरबासी जसरी हर्ष विभोर भएका थिए । त्यस्तै तपाईँको आगमनले जनकपुरबासीलाई हर्ष विभोर भएका छन् ।’

यस्तै, संविधानमा हरेक नेपाली नागरिकलाई नागरिकता दिने अधिकार उल्लेख भएपनि कानून निर्माणको अभावमा लाखौँ नेपाली नागरिकताबाट वञ्चित रहेको अवस्थामा राष्ट्रपतिमा निर्वाचित भएलगत्तै नागरिकता विधेयक प्रमाणीकरण गरी ठूलो समस्या समाधान गरेकोमा पनि उनको प्रशंसा गरिएको छ ।

देश र लोकतन्त्रका लागि पुर्‍याएको योगदानको कदर गर्दै राष्ट्रपति पौडेललाई मधेशका मुख्यमंत्री सरोज कुमार यादव, नेकपा एमालेकी नेतृ जुली महतो, काँग्रेस नेता विमलेन्द्र निधी, जनकपुरधामका पूर्व मेयर बजरङ्ग प्रसाद साह लगायतले अभिनन्दन गरेका छन् ।

नागरिक अभिनन्दनका क्रममा जानकी मन्दिरलाई विश्व सम्पदाको सूचीमा पार्नका लागि आवश्यक पहल गर्न पनि राष्ट्रपति पौडेलसँग आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस