कोशीमा मन्त्रिपरिषद् विस्तार हुँदै « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

कोशीमा मन्त्रिपरिषद् विस्तार हुँदै


८ आश्विन २०८०, सोमबार


काठमाडौँ । कोशी प्रदेशमा मन्त्रिपरिषद् विस्तार हुँदैछ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज ४ जना मन्त्री थप्ने तयारी गरेका हुन् । काठमाडौँबाट आज विराटनगर गएसँगै उनले मन्त्रिपरिषद् विस्तारको तयारी थालेका हुन् ।

स्रोतका अनुसार अनुसार लीलाबल्लव अधिकारी, निरन राई, बुद्धिकुमार राज भण्डारी र रामप्रसाद मेहतालाई मन्त्री बन्दै छन् । थपिने सबै मन्त्री एमालेकै हुन् । यसअघि एमालेबाटै तीलकुमार मेन्याङ्बो, पिके राई, एकराज कार्की, सिर्जना राई मन्त्री भइसकेका छन् ।

संविधानको धारा १६८ (३) अनुसार कोशीमा ठूलो दलको हैसियतमा एमाले सरकारले आगामी असोज २० सम्म विश्वासको मत लिइसक्नु पर्नेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस