२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुदूरपश्चिम प्रदेशमा २ सय ९६ जना प्रहरी जवान दीक्षित

अ+ अ-

डोटी । सुदूरपश्चिम प्रदेशमा २ सय ९६ जना प्रहरी जवानलाई दीक्षित गरिएको छ । 

सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दिपायलले दीक्षान्त समारोहको आयोजना गरी आधारभूत तालिम प्राप्त गरेका १८-८२ औँ समूह अन्तरगत रही आधारभूत तालिम प्राप्त गरेका प्रहरी जवानलाई दीक्षित गरेर कार्यक्षेत्रमा पठाइएको सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दिपायलका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सागर बोहराले बताए। 

दीक्षान्त समारोहलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक भरत बहादुर बोहराले समयको परिवर्तन सँगै नयाँ प्रकृतिका अपराधिक क्रियाकलाप बढ्दै गएकोले प्रहरीलाई चुनौती बढेको जनाउँदै प्रहरीले पनि नयाँ तरिकाले अनुसन्धान कार्यलाई जोड दिनुपर्ने, संविधान प्रदत्त कानुनको अधीनमा रही प्रहरी सदैव जिम्मेवार हुनुपर्ने बताए । 

सुदूरपश्चिम प्रदेशको सुरक्षालाई चुस्त दुरुस्त बनाउन सबै निकाएको सहयोग आवश्यक रहेको बताउँदै प्रहरी आफ्नो जिम्मेवार प्रति प्रतिबद्ध रहेको समेत बताए ।

प्रहरी नायव महानिरीक्षक बोहराले आधारभूत तालिम प्राप्त गरेका जवानहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेर कार्यक्षेत्रमा प्रवेश गराउनुका साथै तालिमको विभिन्न विद्यामा उत्कृष्ट स्थान प्राप्त गर्ने प्रशिक्षार्थी र तालिम दिने प्रशिक्षकलाई प्रमाणपत्र र पुरस्कार वितरण गर्नुका साथैआधारभूत तालिम सफलतापूर्वक सम्पन्न गरेका प्रशिक्षार्थीहरूलाई बधाई तथा सफलताको कामना व्यक्त गर्दै आवश्यक निर्देशन समेत दिएका थिए ।

सुदूरपश्चिम प्रदेशमा २०७९ कात्तिक २० गतेबाट सुरु भई २ सय ३४ दिनसम्म सञ्चालन गरिएको प्रहरी जवानको आधारभूत तालिमको दीक्षान्त समारोहमा तालिम संयोजक प्रहरी नायब उपरीक्षक सागर बोहराले तालिम प्रतिवेदन प्रस्तुत गरेका थिए भने कार्यक्रममा सहभागी सबैलाई तालिम केन्द्र प्रमुख समादेशक वरिष्ठ प्रहरी उपरीक्षक गणेश चन्दले सबैलाई धन्यवाद ज्ञापन गरेका हुन् ।  

सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र अन्तरगत रहेको प्रहरी प्रशिक्षण स्थल बुडर र प्रदेश प्रहरी तालिम केन्द्र दिपायलबाट गरी २ सय ९६ जना प्रहरी जवान दीक्षित भएका हुन् । दीक्षान्त समारोह छुट्टा छुट्टै रूपमा सञ्चालन गरिएको थियो । 

कार्यक्रममा डोटी जिल्ला स्थित सुरक्षा निकायका प्रमुख प्रतिनिधि, जनप्रतिनिधि, सरकारी तथा गैरसरकारी सङ्घ संस्थाका प्रमुख प्रतिनिधि, पत्रकार, लगायत प्रशिक्षार्थीका घर परिवार र आफन्तहरूको सहभागिता रहेको थियो ।