लक्ष्य बमोजिमको राजश्व सङ्कलन गर्न अर्थ सचिव डा. पुष्करको निर्देशन  « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

लक्ष्य बमोजिमको राजश्व सङ्कलन गर्न अर्थ सचिव डा. पुष्करको निर्देशन 


७ आश्विन २०८०, आइतबार


काठमाडौँ । अर्थ सचिव डा. कृष्णहरि पुष्करले लक्ष्य बमोजिमको राजश्व सङ्कलन पुरा गर्न निर्देशन दिएका छन् । आइतबार(आज) आन्तरिक राजश्व विभागको निरीक्षणमा निस्केका अर्थ सचिव डा. पुष्करले विभाग र कार्यालयका लागि तोकिएको लक्ष्य बमोजिमको राजश्व सङ्कलन पुरा गर्न निर्देशन दिएका हुन् । 

निर्देशनका क्रममा बजार अनुगमन बढाउनसमेत भनेका सचिव पुष्करले जोखिममा आधारित अनुगमन तथा अनुसन्धान गर्न तथा प्रशासकीय पुनरावलोकनका क्रममा रहेका विवादहरूको सम्बन्धमा छिटो निर्णय दिनसमेत भनेका छन् । साथै बजेट मार्फत घोषणा भएका कार्यक्रमहरू सफल बनाउन समेत सचिव पुष्करको निर्देशन छ । 

कार्यसम्पादनका क्रममा अर्थ मन्त्रालयले आवश्यक सहजीकरण गर्ने उल्लेख गर्दै सचिव पुष्करले कार्यसम्पादनका क्रममा व्यवसाय गर्ने वातावरण बिग्रन नहुने विषयमासमेत सचेत रहन निर्देशन दिएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस