पूर्वमन्त्री खेमराज भट्टको निधन « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

पूर्वमन्त्री खेमराज भट्टको निधन


५ आश्विन २०८०, शुक्रबार


काठमाडौँ । पूर्वमन्त्री खेमराज भट्ट ‘मायालु’को निधन भएको छ ।

क्यान्सर रोगबाट पीडित भट्ट काठमाडौँको वीर अस्पतालमा उपचाररत थिए । डडेलधुरामा जन्मिएका गणतन्त्रका लागि आवाज उठाउने अग्रणी नेताहरुमध्ये एक हुन् ।

२०५६ सालको आम निर्वाचनमा बर्दियाबाट नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधिसभामा निर्वाचित भएका उनी केही समय सामान्य प्रशासन मन्त्रीसमेत बनेका थिए ।

त्यसपछि उनी चुनाव लडेनन् ।  नेपाली कांग्रेस त्यागेर माओवादी केन्द्रमा प्रवेश गरेका थिए । पछिल्लो समय उनी नेकपा माओवादी केन्द्रको केन्द्रीय सल्लाहकार हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस