कार्यवाहक प्रधानमन्त्रीले थाले ४ मन्त्रीसँग आन्तरिक छलफल « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

कार्यवाहक प्रधानमन्त्रीले थाले ४ मन्त्रीसँग आन्तरिक छलफल


५ आश्विन २०८०, शुक्रबार


काठमाडौँ । आन्दोलनरत शिक्षकहरूसँग संवाद गर्नुअघि कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले विभिन्न मन्त्रीहरूसँग आन्तरिक छलफल थालेका छन् ।

मन्त्रीहरूको आन्तरिक छलफलपछि गृह मन्त्रालयमा शिक्षक प्रतिनिधिहरूसँग वार्ता हुनेछ । मन्त्रीहरूको आन्तरिक छलफलमा कार्यवाहक प्रधानमन्त्री खड्कासँगै रक्षा मन्त्रालयमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, कानूनमन्त्री धनराज गुरुङ, शिक्षामन्त्री अशोक राई, सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा रहेका छन् ।

यसअघि हिजो २ पटक वार्ता भए पनि कुनै निष्कर्ष निस्किन सकेको थिएन ।

Tags :
प्रतिक्रिया दिनुहोस