शिक्षकको आन्दोलनप्रति एमाले सचेतक बर्तौलाले जनाए ऐक्यबद्धता « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

शिक्षकको आन्दोलनप्रति एमाले सचेतक बर्तौलाले जनाए ऐक्यबद्धता


३ आश्विन २०८०, बुधबार


काठमाडौँ । नेकपा एमालेका सचेतक महेश बर्तौला शिक्षकहरूको आन्दोलनप्रति समर्थन र ऐक्यबद्धता जनाएका छन्।

संसदमा दर्ता भएको शिक्षा विधेयक २०८० का सन्दर्भमा नेपाल शिक्षक महासङ्घले आन्दोलन मार्फत उठाएका अधिकांश मागहरू समग्र सार्वजनिक शिक्षाप्रति नागरिकको भरोसा, विश्वसनीयता र गुणस्तरीयता वृद्धि गर्न तथा शिक्षण पेसालाई मर्यादित र सम्मानित बनाउन उपयुक्त रहेको बताएका छन्।

उनले शिक्षकको आन्दोलनप्रति समर्थन जनाउँदै भनेका छन्, ‘एउटा सांसद हुँदाको नाताले विधेयक भित्र बसेर उपयुक्त कानुन निर्माणको प्रक्रियामा सक्रिय सहभागी हुने र भूमिका निर्वाह गर्ने विषय त बाकी छँदैछ तर पनि नेपाल शिक्षक महासङ्घले उठाएका मागहरूलाई विधेयकको अङ्ग बनाएर अगाडि बढ्न सरकार तयार हुनुपर्दछ र त्यसको लागी सरकारले आज नै प्रतिबद्धता व्यक्त गर्नुपर्दछ भन्ने माग पनि गर्न चाहन्छु । उहाँहरूले उठाउनुभएको संविधानसँग जोडिएका कतिपय विषयवस्तुहरूले भने थप छलफल र बहसको आवश्यकता महसुस गरेको छ।’

निजामती सेवामा जस्तै शिक्षक सेवामा पनि समान सेवा सुविधाको व्यवस्था हुनुपर्ने, शिक्षकले पाउने उपचार खर्चलाई निरन्तरता दिनुपर्ने, शिक्षकलाई वर्षमा कम्तीमा एक पटक शैक्षिक अवलोकन भ्रमणको व्यवस्था हुनुपर्ने, योग्यता बढाउन शिक्षकहरूलाई अध्ययन बिदाको सुविधा हुनुपर्ने, शिक्षकहरूलाई सरकारी मर्यादाक्रममा समावेश गरिनुपर्ने बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस