सरकारद्वारा ६७० कैदीको सजाय माफी « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

सरकारद्वारा ६७० कैदीको सजाय माफी


२ आश्विन २०८०, मंगलबार


काठमाडौँ । सरकारले ६७० जना कैदीको बाँकी कैद कट्टा गरी आममाफी दिएको छ। संविधान दिवसको अवसरमा असल आचरण भएकाहरूलाई भोलि संविधान दिवसको दिनदेखि लागू हुने गरी कैद माफी गरिएको हो।

मन्त्रिपरिषद्को सिफारिसबमोजिम भोलिदेखि लागु हुने गरी संविधान दिवसको अवसरमा माफी मिनाहा भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

राष्ट्रपति कार्यालयका अनुसार भीमबहादुर खवाससमेत ४९७,  हर्कबहादुर लिम्बुसमेत १७० र ज्येष्ठ नागरिक सहन दिन भन्ने समदिन मियाँसमेत जम्मा ३ गरी कुल ६७० जना कैदीहरूको भुक्तान हुन बाँकी कैद कट्टा गरी सजाय माफी गरिएको हो। 

Tags :
प्रतिक्रिया दिनुहोस