पारसमणि पोखरेल जिल्ला न्यायाधीश सिफारिस « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

पारसमणि पोखरेल जिल्ला न्यायाधीश सिफारिस


१ आश्विन २०८०, सोमबार


काठमाडौँ । न्याय सेवा आयोगले पारमणि पोखरेललाई जिल्ला न्यायाधीशमा सिफारिस गरेको छ।

यस पटकको जिल्ला न्यायाधीशको लिखित परीक्षामा एक मात्रै नाम निकालेका पोखरेललाई सोमबार आयोगले नियुक्तिका लागि प्रधानन्यायाधीश समक्ष सिफारिस गरेको हो।

आयोगले आइतबार सार्वजनिक गरेको नतिजाअनुसार साउन १६ गतेदेखि २० गतेसम्म लोकसेवा आयोगमार्फत लिएको जिल्ला न्यायाधीशको परीक्षामा २११ जना सहभागी भए पनि उपसचिव पोखरेलले मात्रै उत्तीर्ण भएका थिए। सोमबार अन्तरवार्ता गरेर नियुक्तिका लागि पठाइएको आयोगले जनाएको छ।

हाल भक्तपुर जिल्ला सरकारी वकिल कार्यालयमा कार्यरत पोखरेलले आन्तरिक खुला र खुला दुवैतर्फको परीक्षा पास गरेका हुन्।

२९ पदका लागि भएको जिल्ला न्यायाधीशको परीक्षामा सहभागी २१० जना फेल भएका थिए।

सम्बन्धित समाचार : २९ जिल्ला न्यायाधीशको लागि लिइएको परीक्षामा एकजना मात्र पास

Tags :
प्रतिक्रिया दिनुहोस