काठमाडौँ । नेपाल राष्ट्र बैंकले करार मार्फत पदपूर्ति गर्ने गरी ३० जना कर्मचारी माग गरेको छ ।
केन्द्रीय बैंकले सुरक्षातर्फ र टक्सार महाशाखाका लागि लागि प्राविधिक तर्फका कर्मचारी माग गरेको हो ।
राष्ट्र बैंकले मेकानिकल इन्जिनियर, मेकानिकल ओभरसियर, जुनियर आस्सेयर, मूर्तिकला तथा चित्रकला सुपरभाइजर, इलेक्ट्रिकल एण्ड इलेक्ट्रिक ओभरसियर, प्रयोगशाला सहायक, पेन्टोग्राफ मेसिन अपरेटर, हेभी इक्विपमेन्ट अपरेटर, महिला सिपाही र पिपा पदमा करारमार्फत पदपूर्ति गर्न लागेको हो ।
दरखास्त दिने अन्तिम मिति असोज १५ गते तोकिएको छ । ४५ वर्ष उमेर ननाघेकाहरूले आवेदन दिन सक्ने छन् ।
आवेदकको लिखित, प्रयोगात्मक र अन्तरवार्ता परीक्षा हुने राष्ट्र बैंकले जनाएको छ । आवेदकको संख्या १०० वा सोभन्दा कम भएमा प्रयोगात्मक र अन्तरवार्ता दुवै वा अन्तरवार्ता मात्रै हुने राष्ट्र बैंकले जनाएको छ ।
परीक्षा दस्तुर मेकानिकल इन्जिनियरको हकमा १ हजार र अन्यको ८०० रुपैयाँ लाग्नेछ । करार सम्झौताको अवधि ६ महिनाको हुने छ ।