ट्रक समितिद्वारा १९ विद्यार्थीलाई छात्रवृत्ति प्रदान « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

ट्रक समितिद्वारा १९ विद्यार्थीलाई छात्रवृत्ति प्रदान


३१ भाद्र २०८०, आइतबार


काठमाडौँ। पश्चिमाञ्चल यातायात व्यवसायी (ट्रक) समिति बुटवलले सामुदायिक विद्यालयमा अध्ययनरत १९ जना गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ ।

रुपन्देही, कपिलवस्तु, नवलपरासी, अर्घाखाँची, नवलपुर र स्याङ्जाका सरकारी विद्यालयमा अध्ययनरत ट्रक चालकका छोराछोरी र विद्यालयको सिफारिसका आधारमा अन्य गरी १९ जनालाई जनही १० हजार रुपैयाँका दरले छात्रवृत्ति रकम प्रदान गरिएको हो ।

समितिका पूर्वअध्यक्ष अर्जुन रानाभाट, कोषाध्यक्ष लालबहादुर श्रेष्ठ र पूर्वअध्यक्ष गणेश पन्थले समितिबाट आफूले पाउने पारिश्रमिकको रकमबाट स्थापना गरेको कल्याणकारी कोषबाट विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको कार्यक्रम संयोजक प्रतापबहादुर कार्कीले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस